साफमा तहल्का पिटेको नेपालको बरियता कसरी खस्कियो ?

फुटबल

काठमाडौं । भर्खरै माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप शानदार प्रदर्शन गर्दै उपविजेता बनेको थियो । साफको फाईनलमा नेपाल पुगेको यो नै पहिलो पटक थियो । प्रतियोगितामा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो । भारतसँग भने लिग र फाइनल गरी दुई पटक पराजित भएको थियो ।

साफ च्याम्पियनसिप शानदार प्रदर्शन गरेपछि धेरैले नेपालको बरियतामा पनि सुधार हुने अपेक्षा गरेका थिए । तर बिहिवार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा भने नेपालको स्थान खस्किएको छ। यसरी शानदार प्रदर्शन गर्दा गर्दै पनि नेपालको स्थान खस्किएपछि फ्यानहरु चकित परेका छन् ।

नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८७ औं, भुटान १८६ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
2
+1
2
+1
3
+1
5