मेसिको स्थानमा बार्सिलोना आएका अन्सु फाती ६ बर्ष बार्सिलोनामै रहने

फुटबल

काठमाडौं । युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ बर्षको सम्झौता नवीकरण गरेका छन् । बिहीबार १८ वर्षिय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन् ।

बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलार्ई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले १ बिलियन युरो (८४६ मिलियन पाउन्ड) मा सम्झौता गरेका हुन् । सम्झौता २०२७ सम्म हुनेछ ।

बार्सिलोनाबाट लियोनल मेस्सी पेरिस सेन्ट जर्मन झरेपछि १० नम्बर जर्सी हाल फातीले लगाइरहेका छन् । यो सँगै फाती यस हप्ता बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने दोस्रो खेलाडी बनेका छन् । फातीले बार्सिलोनाको पहिलो टिमबाट ४७ खेल खेल्दै १५ गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged