बंगलादेश टी-२० विश्वकपको सुपर १२ मा

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । साकिब अल हसनको अलराउन्डर प्रदर्शनमा बंगलादेश आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको छ। समूह ‘बी’ मा रहेको बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो।

बंगलादेशले दिएको एक सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटिएको थियो। पपुवा न्युगिनीका विकेटकिपर किप्लिङ डोरिगा सर्वाधिक ४६ रनमा अविजित रहे। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। पपुवा न्युगिनीका ९ खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका सकिब अल हसनले चार विकेट लिए। यसैगरी मोहमद सैफुदीन र तस्किन अहमदले दुई-दुई विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो।

बंगदलादेशका कप्तान महमुदूल्लाह रियादले सर्वाधिक ५० रनको योगदान दिए। उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सकिब अल हसनले ४६ रन बनाए। ओपनर लिटन दास २९, अफिफ हुसैन २१ रनमा आउट भए। मोहम्मद सैफुद्दिन १९ रनमा अविजित रहे। बलिङतर्फ पीएनजीका लागि कबुआ मोरेआ, डामिनी राभु र असाड भालाले समान दुई–दुई विकेट लिए । त्यस्तै सामोन अटीले एक विकेट लिए ।

बंगलादेश पहिलो खेलमा स्कटल्यान्डसँग ६ रनले पराजित भएको थियो। दोस्रो खेलमा ओमानलाई २६ रनले पराजित गरेको थियो। यता पीएनजी भने समूह चरणबाटै बाहिरिएको छ । पीएनजीले तीनै खेलमा जित निकाल्न सकेन ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0