स्कटल्याण्डको ऐतिहासिक उपलब्धि, समूह विजेता बन्दै टी–ट्वान्टी विश्वकपको सुपर १२ मा

टि-२० बिश्वकप

काठमाडौं : युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्ड पहिलो पटक विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको हो । स्कटल्यान्ड समूह ‘बी’ विजेता बन्दै सुपर १२ मा पुगेको हो। बंगलादेश भने उपविजेताको रुपमा सुपर १२ म पुगेको छ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले ४१ रन र रिची बेरिङटनले नटआउट ३१ रन जोडे। ओमानका खावर अली र फायज बुटले समान १÷१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । ओमानका ओपनर अकिब इलीयासले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । कप्तान जिशान मक्सुदले ३४ र मोहम्मद नदीमले २५ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस जितसँगै पहिलो चरणको समूह ‘बी’ मा रहेको स्कटल्याण्डले ३ खेलमा ६ अंक जोड्यो। स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै सुपर १२ मा पुगेको हो। बंगलादेशले ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जेडेर दोस्रो स्थानमा रहँदै सुपर १२ को यात्रा तय गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0