मैत्रीपूर्ण खेलमा आज नेपाल र इन्डोनेसिया भिड्दै, कस्ले मार्ला बाजी ?

फुटबल

काठमाडौं : एएफसी यू–२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ। खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताको पूर्वसन्ध्यामा इण्डोनेसियासँगको मैत्रीपूर्ण खेल टोलीको कमी कमजोरी पत्ता लगाउत हुने र उक्त खेल कमजोरी सुधारको मौकासमेत हुने बताउँछन् । ‘इन्डोनेसियाविरुद्ध खेलेपछि आफ्नो टिम कस्तो छ ? कुन स्तरमा छ, थाहा हुन्छ’, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका महर्जन भन्छन् ।

नेपालले छनोटको पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

नेपाली टोलीः

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
9
+1
1
+1
2
+1
0
+1
1
+1
3
+1
2