यस्तो छ इन्डोनेसियालाई हराउँने नेपालको तयारी ( फोटो फिचर )

फुटबल

काठमाडौं : एएफसी यू–२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाल र इण्डोनेसियाबीचको खेल स्थानीय समयअनुसार अपराह्न ४ बजे सुरु हुनेछ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताको पूर्वसन्ध्यामा इण्डोनेसियासँगको मैत्रीपूर्ण खेल टोलीको कमी कमजोरी पत्ता लगाउन हुने र उक्त खेल कमजोरी सुधारको मौकासमेत हुने बताउँछन् । माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिप उपविजेता टोलीमा यू- २३ टोलीबाट छ जना खेलाडी रहेका थिए ।

यी खेलाडी बिहान काठमाडौं अवतरण हुँदा भोलिपल्टै ताजकिस्तान उडे । यद्यपि, नेपाली टोलीले ताजकिस्तान पुगेर दुई दिन अभ्यास सत्र बढाइसकेको छ । प्रशिक्षक बालगोपाल इण्डोनेसियाविरुद्ध खेलबाट नेपालको सुरुवाती ११ (प्लेइङ सेट)समेत तय हुने बताउँछन् । इन्डोनसियासँग भिड्नु अघि हिजो नेपाली टिमले मैदानमा कडा अभ्यास गरेको थियो । हेर्नुस नेपाली टिमको अभ्यासका फोटो हरु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0