विकास मेराग्लिया : इटाली देखि नेपालको ‘ए’ डिभिजनसम्म

फुटबल

काठमाडाैं । युरोपेली राष्ट्र इटालीको १६ वर्षको राष्ट्रिय टोलीबाट खेलिसकेका विकास मेराग्लिया च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् । युवा स्ट्राइकर विकासले शुक्रबार ‘ए’ डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका छन्। विकासले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन् ।

च्यासलले विदेशी खेलाडीको रूपमा विकासलाई अनुबन्ध गरेको जनाएको छ । च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् । १३ वर्षअघि नेपालबाट इटाली पुगेका विकासले इटालीको यू–१६ टोलीबाट खेलिसकेका छन । यस्तै विकासले हालै इटाली सिरी ए क्लब एटलान्टाको जुनियर टोलीसँगको सम्झौता सकाएका छन् ।

यसअघि विकासले भेनेजियाको युवा टोली तथा काटोलिया र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् । नेपालमै जन्मिएका विकास सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएका थिए । उनी १३ वर्षपछि नेपाल फर्किएका हुन् । उनले आफ्नो १३ वर्षदेखि नेपाल आउने सपना पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged