नेपालकाे आइसिसी वरियतामा एक स्थान सुधार

क्रिकेट

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औँ स्थान हो । टी–ट्वान्टीको नयाँ बरियताको पहिलो स्थानमा इङ्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0