इन्डोनेसियाविरुद्ध नेपाल २–० ले पराजित

फुटबल

काठमाडाैं । मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिको फुटबल टोली इन्डोनेसियासँग दुई–शून्यले पराजित भएको छ । नेपालले शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा २–० को हार बेहोरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमा गोल खायो । ५५ औँ मिनेटमा इन्डोनेसियाले गोल गर्याे । त्यस्तै खेलको इन्जुरी समयमा इन्डोनेसियाले थप एक गाेल गरे ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
3