आर्सनलको सिजनकै उत्कृष्ट प्रदर्शन, एस्टन भिल्लामाथि सहज जित

फुटबल

काठमाडौं । सिजनकै उत्कृष्ट प्रदर्शन गर्नेक्रममा आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा एष्टन भिल्लामाथि ३–१ को विजय हासिल गरेको छ । आर्सनलको जितमा थोमस पार्टी, पिएरेएमरिक अउबामेयांग र एमिली स्मिथ रोवेले एक एक गोल गरेका थिए ।

त्यस्तै एस्टन भिल्लाका लागि एक गोल ज्याकब रामसीले एक गोल गरेका थिए । आर्सनलले घरेलु मैदान इमिरेट्स मैदानमा थोमस पार्टेको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो । उनले इमिल स्मिथ–रोवेको कर्नर प्रहारलाई हेडमार्फत पोष्टको दिशा थिए । आर्सनलका लागि उनको यो पहिलो गोल हो ।

पहिलो हाफको इन्ज्युरी समयमा पिएरे इमरिक औवामियाङको पेनाल्टी भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले रोके पनि पनि रिवाउन्डमा गोल गर्दै आर्सनल पहिलो हाफमा २–० को स्थितिमा पुग्यो। खेलको ५६औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनलाई सहज जिततर्फ अघि बढाए। उनले कप्तान औवामियाङको पासमा गोल गरेका थिए।

खेलको ८२औं मिनेटमा ज्याकोव राम्सेले लियोन वेइलेको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा आर्सनल विजयी बन्यो। जितसँगै आर्सनल ९ खेलबाट १४ अंकसहित नवौं स्थानमा उक्लिएको छ । भिल्ला १० अंकसहित १३औँ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0