अष्ट्रेलिया भर्सेज दक्षिण अफ्रिका : ‘हेड टु हेड’मा अष्ट्रेलिया अगाडि

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज शनिबार सुपर १२ समूह ‘ए’ का दुई खेल हुने भएका छन् । पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् ।

अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली आजको खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।

यी दुई हालसम्म २१ टि-२० अन्तर्राष्ट्रियमा एक अर्काको सामना गरेका छन् । जसमा अस्ट्रेलिया १३ र दक्षिण अफ्रिाका ८ खेलमा विजयी भएका छन् । यी दुईले पहिलोपटक सन् २००७ मा टि-२० अन्तर्राष्ट्रियमा एक अर्काको सामना गरेका थिए । यो खेल अस्ट्रेलियाले ९५ रनले आफ्नो पक्षमा परेको थियो ।

सम्भावित अष्ट्रेलियन टिमः डेबिड वार्नर, एरोन फिन्च (कप्तान), मिचेल मार्श, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, म्याथ्यु वेड (विकेटकिपर), एश्टन अगर, पाट कुमिन्स÷जोश हाजलेउड, मिचेल स्टर्क, एडम जाम्पा

सम्भावित दक्षिण अफ्रिका टिमः क्विन्टन डी कक (विकेटकिपर), टेम्बा बभुमा (कप्तान), रीजा हेनड्रिक्स, मारक्रम, डेबिड मिलर, हेनरिच क्लासेन, डविन प्रेटोरियस÷विआन मुल्डर, कागिसो राबडा, तब्राज शाम्सी, केशब माहाराज÷एनरिच नोर्टजे, लुङ्गी एनगिडी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0