म लिभरपुलमा नै आफ्नो करियर टुंग्याउन चाहन्छु : मोहम्मद सलाह

फुटबल

काठमाडौं। २९ वर्षीय इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलमै आफ्नो करियर टुंग्याउने इच्छा व्यक्त गरेका छन् । सन् २०१७ मा सलाह रोमाबाट तीन करोड ४० लाख पाउण्डमा लिभरपुल आएका थिए। उनले यो सिजनमा मात्र १२ गोल गरिसकेका छन्।

लिभरपुलसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिनेछ । ‘यो कुरा मेरो हातमा छैन । तर, यदी मेरो इच्छा सोध्नुहुन्छ भने फुटबल करियरको अन्तिम दिनसम्म यही क्लबबाट खेल्न मन छ । तर, क्लबले जे चाहन्छ, त्यही हुन्छ,’ सलाहले स्काई स्पोर्ट्ससँग भने,‘अहिलेको अवस्थामा म कहिल्यै लिभरपुल विरुद्ध खेलेको कल्पना पनि गर्न सक्दिन । यस्तो कुरा गर्नु मेरा लागि कठिन छ । यदि यस्तो भयो भने म निकै दुःखी हुनेछु ।’

सलाहले इजिप्टको अल मोकालोनबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि लिभरपुल आउनुअघि उनले बासेल,चेल्सी,फियोरेन्टिना र रोमाबाट खेले । सलाहले लिभरपुलको लागि २१४ खेलमा १३७ गोल गरिसकेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged