बिश्वकपमा वेस्ट इन्डिजको शर्मनाक हार

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ को समूह ‘ए’ को पहिलो खेलमा इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ। शनिबार भएकोे खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

वेस्टइन्डिजले दिएको ५६ रनको झिनो लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । जासन रोय ११ र जोनी बेरिस्टोले ९ रनको योगदान दिँदा कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे । वेस्टइन्डिजका लागि अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले १४.२ बलमा अलआउट हुँदै ५५ रन मात्र बनाउन सक्यो। टि–२० विश्वकपमा यो तेस्रो कम स्कोर हो। वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे । शिम्रन हिटमायरले ९ रनको योगदान दिँदा अकिल होसेन ६ रनमा अविजित रहे ।

वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा स्पिनर अदिल रसिदले घातक बलिङ गरे। उनले २.२ ओभरमा २ रन मात्र खर्चेर ४ विकेट लिए। यो टि–२० क्रिकेटमा इल्यान्डको उत्कृष्ट बलिङ स्पेल हो। यस्तै, मोइन अली र टाइम मिल्सले पनि समान २ विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *