नर्वीच सिटीको पोस्टमा चेल्सीले गर्‍यो गोलको बर्षा

फुटबल

काठमाडौं : मेसन माउन्टको ह्याट्रिकमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। चेल्सीले शनिबार साँझ सकिएको खेलमा नर्वीच सिटीलाई ७-० गोलले पराजित गरेको हो।

चेल्सीको जितमा माउन्टले तीन तथा कलुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले समान एक गोल गरे। यता, एक गोल उपहार पाएको थियो। नर्विचका म्याक्स आरोन्सले आत्मघाती गोल गरे।

घरेलु टोलीले चेल्सीले आठौँ मिनेटमा माउनटको गोलबाट अग्रता लिएको थियो । त्यसको १० मिनेट बित्न नपाउँदै कालुम हडसन–ओडोईले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा रिसे जेम्सले तेस्रो गोल थपे । बेन चिलवेलले ५७औँ मिनेटमा चौथो गोल गरे ।

यस्तै, ६२औं मिनेटमा म्याक्स आरोन्सले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा ५–० को अग्रता बनायो। ६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड पाएपछि नर्विच १० खेलाडीमा समेटियो।

जितसँगै चेल्सीले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । चेल्सीले नौ खेलबाट २२ अंक जोडेको छ । त्यो दोस्रो स्थानको लिभरपुलभन्दा चार अंकले माथि हो । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ । जितविहीन नर्विच २ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0