लामो समयपछि मैदानमा फर्किए विमल घर्तीमगर, मच्छिन्द्रसँग गरे एक बर्षको सम्झौता

फुटबल

काठमाडौं : नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी विमल घर्तीमगर साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। चोटका कारण झण्डै एक वर्षदेखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट पुन फुटबलमा फर्किन लागेका हुन्।

मछिन्द्र क्लबले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौता पत्रमा हस्ताक्षर गरे । मछिन्द्रले विमलसँग एक सिजनको लागि सम्झौता गरेको हो ।

मच्छिन्द्रले यसअघि मनिष डाँगी, सुनिल बलसँग सम्झौता गरिसकेको छ। अभिषेक रिजाल, रेजिन सुब्बा, विशाल राई, विशाल श्रेष्ठलगायतका पुराना खेलाडीसँग सम्झौता नवीकरण गरिसकेको छ।

कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा विमलले दायाँ घुँडामा चोट बोकेका थिए। उनलाई एन्फाले कतार फुटबल संघको समन्वयमा उपचार व्यवस्था गरेको थियो। उनी कतारस्थित एप्सटार अस्पतालमा उपचार गराएर ९ महिनामा पछि गत महिना स्वदेश फर्केका थिए। स्वदेश फर्किएलगतै विमल व्यक्तिगत प्रशिक्षणसँगै यु–२३ टिमसँग प्रशिक्षण गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged