बंगलादेशविरुद्धको टेस्ट सिरिज श्रीलंकाले जित्यो

क्रिकेट

एजेन्सी । श्रीलंकाले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ । सोमबार श्रीलङ्काको केन्डीमा दोस्रो टेस्टमा बंगलादेशलाई २ सय ९ रनले पराजित गर्दै श्रीलंकाले सिरिज १–० ले आफ्नो बनाएको हो । श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट भने बराबरीमा रोकिएको थियो ।

श्रीलंकाले दिएको ४ सय ३७ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको बंगलादेश २ सय २७ रन जोड्दा अलआउट भयो । बंगलादेशका लागि मुस्फुकर रहिमले ४० रन जोड्दा मेहदी हसन मिराजले ३९ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्न श्रीलंकाका प्रभिन जयविक्रमाले ५ विकेट लिए । रमेश मेन्डिसले ४ विकेट लिए ।

यसअघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो ।

उसका लागि थिरिमानेले १ सय ४० र कप्तान दिमुथ करुनारत्नेले १ सय १८ रनको शतकीय इनिङ्स खेलेका थिए । बंगलादेश पहिलो इनिङ्समा २ सय ५१ रन जोड्दा अलआउट भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0