एल क्लासिकोमा बार्सिलोना घरेलु मैदानमै पराजित

फुटबल

काठमाडौं : सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ। स्पेनिस ला लिगामा आइतबार भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनलाई रोद्रिगोले गोल गर्न पास दिएका थिए। क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो सिजनको सुरुवातमा बायर्न म्युनिखबाट रियलसँग अनुबन्ध भएका हुन् ।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा भाज्क्युले रियलका लागि दोस्रो गोल गरेका थिए। खेलको ७४औं मिनेटमा मैदान प्रवेश गरेका सर्जिओ एग्युरोले पहिलो एल क्लासिमै गोल गरे । उनले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेका हुन् । तर बार्सिलोनाको हार भने टार्न सकेनन् ।

यो खेल सन् २००४ पछि पहिलो पटक रामोस र मेस्सी विना भएको थियो । दुबै खेलाडी यो सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका थिए । जीतसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना लिगको आठौँ स्थानमा सिमित बनेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0