बिश्वकपमा पहिलो पटक पाकिस्तानसामु भारतको हार, बाबर र रिजवानको कीर्तिमानी साझेदारी

क्रिकेट

काठमाडौं : ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलोपटक पराजित गरेको हो। यसअघि भारतविरुद्ध एकदिवसीय र टी-२० खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्ताले १७.५ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्‍यो। पाकिस्तानलाई लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउ ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रनको लक्ष्य दिएको थियो। भारतका कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

यसैगरी ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए। रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए। भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी शून्य रनमा अविजित रहे।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा ३० रन खर्चिए। हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १-१ विकेट हात पारे।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
1
+1
18
+1
1
+1
1
+1
0