मेसि नेईमार र एम्बावेलाई खेलाउँदा पनि पिएसजीले जित्न सकेन

फुटबल

काठमाडौं : फ्रेन्च लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सेलीसँग गोलरहित बराबरीमा रोकिएको छ । फ्रान्सको ‘ले क्लासिक’ डर्वीमा दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

मार्सेमा आइतबार राति भएको खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि भीएआरबाट उनको गोलले मान्यता पाएन। २०औं मिनेटमा एर्काडिअस मिलिककोे गोलले पनि मान्यता पाएन। दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिनु र समर्थकले हुलदंगा गर्दा खेल तनावग्रस्त बनेको थियो ।

खेलको ५७ औं मिनेटमा आर्चफ हाकिमी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड दिएको थिए ।

यो बराबरीसँगै पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा छ । मार्से १८अंक जोडेर चौथो स्थानमा रहेको छ । गएराति नै भएका अन्य खेलमा मोनाकोले मोन्टपिलियरलाई ३–१ ले, ट्रोयसले रेमिसलाई २–१ ले, निसले लियोनलाई ३–२ ले हरायो भने लिल्लेले ब्रेस्टसँग तथा लोरियन्टले बोर्डेउक्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
2
+1
0