इरानसँग नेपाल ४–० गोल अन्तरले पराजित

फुटबल

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपालले कमजोर शुरुआत गरेको छ । नेपाल बलियो प्रतिद्धन्द्धी ईरानसँग ४÷० ले पराजित भयो । अर्पण कार्कीको कप्तानीमा मैदानमा उत्रिएको नेपालले मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको थियो ।

खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीलाई पनि ईरानले गोल गर्न सकेको थिएन । तर मध्यान्तरपछि भने नेपालले चार गोल खायो । नेपालको जुनसुकै उमेर समूहमा पनि मध्यान्तरपछिको खेल खस्किँदै आएको छ । हारसँगै नेपालको एसिया कपमा छानिने सम्भावना कमजोर भएको छ । नेपाल यसअघि ईरानसँग सन् २०१५ मा ५÷० ले पराजित भएको थियो ।

छनोटको समूह बी मा रहेको नेपालले दोस्रो खेलमा बिहीबार ताजिकिस्तानसँग र तेस्रो खेलमा आइतबार लेबनानसँग खेल्नेछ । समूहको शीर्ष तथा दोस्रोमध्ये उत्कृष्ट चार टोलीले एएफसी २३ वर्ष मुनिको एसिया कप खेल्न पाउने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0