आईपीएलमा दुई नयाँ टिम थप

आईपिएल आईपीएल क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थपिएका छन् । लखनउ र अहमदावाद दुई नयाँ टिमको रुपमा थपिएका छन् । योसँगै अर्को सिजनको प्रतियोगितामा सहभागी हुने टोलीको संख्या १० पुगेको छ।

सोमबार भएको ६ घण्टा लामो बिडिङ प्रोसेसबाट आरपी सन्जय गोएन्का ग्रुप (आरपीएसजी) र सिभीसी ग्रुपले बिड जित्दै दुई नयाँ टिम लिएका हुन् । आरपीएसजीले ७ सय करोड भारतीय रुपैयाँमा लखनउ टिम लिँदा सिभीले ५ हजार २ सय करोड भारुमा अहमदाबादको टिम लिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले दुबईमा यो लिलामी र बोलीको व्यवस्था गरेको थियो। अर्को वर्ष आईपीएलका लागि मेगा अक्सन पनि अब हुने बीसीसीआईले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0