६० रनमै समेटियो स्कटल्याण्ड, अफगानिस्तानको शानदार जित

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ। सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानकाे उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १३० रनको सानदार जित हासिल गरेको हो।

युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा सबै विकेट गुमाएर ६० रनमै अलआउट भयो । स्कटल्याण्डले बनाएको ६० रन टी-ट्वान्टी विश्वकप इतिहासकै संयुक्तरुपमा चौंथो कम योगफल हो भने स्कटल्याण्डको सबैभन्दा कम योगफल हो।

स्कटल्याण्डका जर्ज मुन्सेले २५ तथा क्रिस ग्रेभिसले १२ रन बनाए कप्तान केली कोट्जरले १० रन बनाउँदा अन्यले खोहोर अंकमा रन जोड्न सकेनन्। स्कटल्याण्डलाई सस्तैमा समेट्न अफ्गानिस्तानका मजिब–उर–रहमानले ५ विकेट लिए । त्यस्तै रासिद खानले चार विकेट लिंदा नविन अल हकले एक विकेट चट्काए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएकाे थियो । अफगानिस्तानका लागि नाजिबुल्लाह जर्दानले ५९ रन बनाएका थिए । त्यस्तै रहमुल्लाह गुर्बाजले ४६ रन बनाए भने हजरातुल्लाह जजईले ४४ रन बनाएका थिए । त्यस्तै मोहमद सहजादले २२ रन बनाएका थिए भने कप्तान मोहमद नावीले अविजित ११ रन बनाएका थिए ।

स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए । जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0