आइपीएल स्थगित

आईपिएल क्रिकेट

काठमाडौं । जारी इन्डियन प्रिमियर लिगका बाँकी खेल (आईपीएल) स्थगित गरिएको छ । एक विज्ञप्ति जारी गर्दै बीसीसीआईले आईपिएल टोलीका खेलाडी र सहयोगिहरुमा कोरोना संक्रमण देखिएपछि थप जोखिम उठाउने अवस्था नरहेको भन्दै प्रतियोगिता स्थगित गरेको जनाएको हो ।

दुई दिनयता खेलाडीहरु वरुण चक्रवर्ती, सन्दीप वारियर, रिद्धिमान साहा, अमित मिश्रा र बलिङ कोच बालाजीसमेत ८ खे‍लाडी २ कोचिङ स्टाफ सदस्यलाई कोरोना भएपछि यो कदम चालिएको हो।

आइपीएल विश्वकै सर्वाधिक हेरिने क्रिकेट प्रतियोगितामा पर्छ । यसपटकको प्रतियोगिता भारतका विभिन्न ६ रंगशालामा दर्शकविहिन रुपमा आयोजना गरिएको थियो ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0