किन भनियो मोहम्मद शमीलाई ‘पाकिस्तानी गद्दार’ ?

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं। पाकिस्तानसँग १० विकेटको शर्मनाक हारेपछि भारतीय क्रिकेट टोलीका बलर मोहम्मद शमीलाई अनलाइन ट्रोल गरिँदैछ । सामाजिक संजालमा उनलाई साम्प्रदायिक गाली गरिएको छ । मुस्लिम भएकै कारण उनलाई पाकिस्तानी समर्थक भनिएको छ । केहीले उनलाई ‘पाकिस्तानी गद्दार’ समेत भनेका छन् ।

शमीले पाकिस्तानसँगको खेलमा ३.५ ओभर बलिङ गर्दै ४३ रन खर्चेका थिए । पाकिस्तानविरुद्ध ५ जना भारतीय बलरले बलिङ गरेका थिए तर कसैले पनि विकेट लिन सकेनन् । इकोनोमीका हिसाबले भने मोहम्मद शमी महंगा थिए ।

शमीको आलोचना भएपछि पूर्व क्रिकेटरहरू उनको समर्थनमा देखिएका छन् । पूर्व क्रिकेटर सचिन तेन्दुलकर र वीरेन्द्र सहवागले शमीप्रति समर्थन जनाएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1