विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । युएईमा जारी टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। मंगलबार न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

शारजाह स्टेडियममा न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पुरा गर्‍यो। पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७ रन बनाए । यस्तै फखर जमान, मोहमद हाफिज र इमाद वासिम समान ११ रनमा आउट भए । कप्तान बाबर आजम ९ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। पाकिस्तानका लागि डेरिल मिचेल र डेभन कन्वेले २७/२७ तथा कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले १३ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानका लागि ह्यारिस रउफले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए। यस्तै, मोहम्मद हफीज, इमाद वासिम र शाहीन साह अफ्रिदीले १/१ विकेट लिए। पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1