नेपालले इरानसँग ४-० ले हार्नुको यस्तो रहेछ कारण (भिडियो हेर्नुस्)

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा पराजित भयो । राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा इरानसँग हार्नुमा तयारी र म्याच एक्सपोजको कमी देखिएको बताएका छन् ।

खेलका विषयमा बोल्दै प्रशिक्षक महर्जनले बल होल्ड गर्न सफल भए पनि पर्याप्त तयारी र खेल अनुभवको कमी टोलीमा देखिएको बताए । विगतको तुलनामा सुधारिएको खेल खेले पनि समूहका बाँकी दुई प्रतिद्वन्द्वी नेपालभन्दा स्तरीय रहे पनि बल पोजिसन कायम राख्न सके राम्रो नतिजा आउने महर्जनको विश्वास छ ।

नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ। अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ। समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0