अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबलकाे मुख्य प्रशिक्षक, गरे तीन वर्षको सम्झौता

फुटबल

काठमाडौं । मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने निर्णय गरेका छन् । बुधबार अल्मुताइरीले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोशियसन (क्युएफए)का पदाधिकारीहरुसँगको छलफलपछि थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याभएका अल्मुताइरी त्यतैबाट कुवेत फर्केका थिए। भारतविरुद्ध फाइनल खेल्नुअघि उनिले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताए।

तर, कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि नियमित काममा फर्किने निर्णय भएको उनले बताए । फाइनलपछि उनले दिएको अन्तर्वार्तामा दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए। अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यही बेला एन्फाले उनीसँग एक वर्षको सम्झौता भएको बताएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0