ए डिभिजन लिग खेल्ने मच्छिन्द्र क्लबले भित्र्यायो दुई विदेशी खेलाडी

फुटबल

काठमाडौं । आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि साविक विजेता मच्छिन्द्र क्लबले दुई विदेशी खेलाडी भित्र्याएको छ । गत वैशाखमा भएको नेपालको पहिलो फ्रेन्चाइज फुटबल– नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीबाट खेलेका नुर्लान जाहिद र सदिक गुलियेभलाई मच्छिन्द्रले क्लबमा भित्र्याएको हो । दुवै अजरबैजानका खेलाडी हुन् ।

दुवै खेलाडी बुधबार नेपाल आइपुगेका छन् भने उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा क्लबका पदाधिकारीले स्वागत गरे । आगामी संस्करणको ए डिभिजन लिग कात्तिक २९ गतेदेखि काठमाडौंमा सुरु हुनेछ । लिगको डिफेन्डिङ च्याम्पियनसमेत रहेको मच्छिन्द्रले विमल घर्तीमगरसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0