काराबाओ कपबाट बाहिरियो म्यान्चेस्टर सिटी

फुटबल

काठमाडौं, कात्तिक ११ । साविक विजेता म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ह्याम युनाइटेडले टाइ–ब्रेकरमा पराजित ग¥यो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइ ब्रेकरमा वेष्ट ह्यामले बाजी मारेको हो । टाइ ब्रेकरमा साइद बेन्रहमाले निर्णायक गोल गर्दै वेष्ट ह्यामलाई ५–३ ले विजयी गराए ।

काराबाओ कपकै अन्य खेलहरुमा प्रेस्टनलाई २–० ले हराउँदै लिभरपुल, बर्न्लेलाई १–० ले हराउँदै टोटनह्याम हट्सपर तथा ब्राइटनलाई पेनाल्टी शुट आउटमा ४–२ ले हराउँदै लेष्टर सिटी पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0