क्लबलाई पत्तासाफ गराएको भन्दै बार्सिलोनाले कोम्यानलाई मुख्य प्रशिक्षकबाट हटायो

फुटबल

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । स्पेनिस ला लिगामा रायो भायोकानोसँग पराजित भएपछि नियुक्त भएको १४ महिनामा नै कुमन बर्खास्तीमा परेका हुन् ।

कोम्यान सन् २०२० मा एनरिक सेटियनको स्थानमा बार्सिलोनाको मुख्य प्रशिक्षक बनेका थिए । कोम्यानले प्रशिक्षकका रूपमा क्लबलाई कोपा डेल रेको उपाधि दिलाएका थिए । लियोनल मेसीसहित महत्त्वपूर्ण खेलाडीले क्लब छाडेसँगै यो वर्ष बार्सिलोना खराब लयबाट गुज्रिरहेको छ। गत सिजन बार्सिलोना लिगमा तेस्रो स्थानमा थियो ।

कोम्यान बाहिरिएपछि क्लबको आगामी प्रशिक्षकमा जाभी हर्नान्डेज नियुक्त हुने सम्भावना रहेको क्लब पदाधिकारीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ। हर्नान्डेज क्लबकै पूर्व खेलाडी हुन्।

बार्सिलोना यो सिजनको सुरुवाती १० खेलमा ४ जित तथा समान ३ हार र बराबरीको नतिजासहित १५ अंक जोडी नवौं स्थानमा छ । क्लबले च्याम्पियन्स लिगमा पनि सुरुवाती ३ खेलमा २ पराजय बेहोरी सकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0