’ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

फुटबल

काठमाडौं । शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कात्तिक २९ गतेबाट ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार दशरथ रंगशालामा हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोले पहिलो पटक ’ए’ लिग खेल्न लागेको हो । सातदोबाटो ’बी’ लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0