श्रीलंकामाथि दक्षिण अफ्रिकाको शानदार जित, हसरंगाको ह्याट्रिक काम लागेन

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । वानिन्डु हसरंगाको ह्याट्रिकका बावजुद श्रीलंका दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । यूएईको शारजाहमा श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ बल बाँकी छँदै भेट्टायो । श्रीलंकाका बानिन्दु हसरंगाले ह्याट्रिक विकेट लिए । यस्तै दुश्मन्था चमिराले दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । उसका लागि पथुम निसान्काले शानदार ब्याटिङ गरे। उनले ५८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए। यो उनको टी-२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो।

यसअघि टी-२० आईमा उनको व्यक्तिगत उच्च स्कोर ६१ रन थियो। यस्तै, चरित असालान्काले २१ र कप्तान दासुन शनाकाले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जाेड्न सकेनन्। बलिङमा तबरेज शम्सी र ड्वेन प्रिटोरियसले ३-३ तथा एनरिक नोर्कियाले २ विकेट लिए। आजको हारसँगै श्रीलंकालाई सेमिफाइनल पुग्न मुश्किल देखिएको छ । दक्षिण अफ्रिका भने चार अंकका साथ तेस्रो स्थानमा पुगेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0