३ बर्ष नेपाली टिम सम्हाल्न पुन: नेपाल आईपुगे अब्दुल्लाह अलमुताइरी

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गर्दै प्रशिक्षक अलमुताइरी नेपाल फर्किएका हुन् ।

विमानस्थलमा प्रशिक्षक अलमुताइरीलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए । गत बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,’ उनले लेखेका थिए ।

प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पु¥याएका थिए । माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । उपाधि जित्न नसकेपनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged