रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टरको जित

फुटबल

काठमाडौं : क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेडले सहज जीत हासिल गरेको छ । खराब लयबाट गुज्रिरहेको युनाइटेडले शनिबार राति सम्पन्न खेलमा टोटेनहमलाई ३–० ले हराएको हो।

लिगका अघिल्ला चार खेलमा गोलविहीन रोनाल्डोले खेलको ३९औं मिनेटमा गोल गरेका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । ६४ मिनेटमा रोनाल्डोको पासमा काभानीले टिमको अग्रता दोब्बर पारे। युनाइटेडका लगि रास्फोर्डले ८६ मिनेटमा तेस्रो गोल गरेका थिए।

जितपछि १७ अंकरसहित युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पराजित टोटेनहम भने १५ अंकसहित आठौं स्थानमा छ। उता चेल्सीले पुछारमा रहेको न्युक्यासलमाथि ३–० को जीत निकाल्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल भएको छ ।

फरवार्डद्वय रोमेलु लुकाकु र टिमो वेर्नरका साथै मेसन माउन्ट बिना मैदानमा उत्रेको चेल्सीका रिस जेम्सले दुई गोल गरे भने खेलको अन्त्यतिर जोर्गिन्होले पेनाल्टीबाट गोल गरे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0