दश खेलाडीमा सिमित सिटी पराजित

फुटबल

काठमाडौं : दश खेलाडीमा सिमित भएको सिटीले गएराति क्रिष्टल प्यालेसलाई २–० को नतिजा सुम्पियो । सिटीले घरेलु मैदानमा छैटौं मिनेटमै गोल खाएको थियो । विलफ्रिड जाहले गरेको गोलबाट क्रिष्टल प्यालेसले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एमेरिक लापोर्टेले रातो कार्डको सामना गरेपछि सिटी दश खेलाडीमा सिमित बनेको थियो । लापोर्टेले जाहलाई फाउल गरेपछि रेफ्री आन्द्रे मारिनरले सिधै रातो कार्डको दर्शन गराएका थिए ।

६०औं मिनेटमा सिटीका गाब्रियल जिससले बराबरी गोल फर्काएका थिए । तर भिडियो सहायक रेफ्रीले उक्त गोललाई अफसाइड घोषित गरिदिएको थियो । भ्रमणकारी क्रिष्टल प्यालेसका कोनोर गालाघरले खेल सकिन दुई मिनेट बाँकी हुँदा अर्को गोल थपे सिटी घरेलु मैदानमा स्तब्ध बनेको थियो ।

पराजित सिटी शीर्ष क्लब चेल्सीभन्दा पाँच अंकले पछाडि परेको छ । सिटी २० अंकका साथ तेस्रो स्थानमा छ । क्रिष्टल प्यालेस १२ अंकका साथ १३औं स्थानमा छ । गएराती चेल्सीले न्युक्यासल युनाइटेडलाई ३–० ले हराउँदै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । उपाधि प्रतिद्वन्द्वी लिभरपुल र सिटीले जित निकाल्न असफल भएको अवस्थामा चेल्सीले अग्रता बढाएको हो ।

चेल्सीले रिसे जेम्सको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । जेम्सले ७७औं मिनेटमा अग्रता दोब्बर बनाए । ८१औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमा तेस्रो गोल थपेपछि चेल्सीले तीन अंक पक्का गरेको हो । पराजित न्युक्यासल युनाइटेड रेलिगेशन क्षेत्रमा छ । न्युक्यासलले १० खेलबाट चार अंकमात्र जोड्न सकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0