नेपालले आज लेबनानसँग खेल्दै, कसले जित्ला खेल ?

फुटबल

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले आज(आइतबार) आफ्नो अन्तिम खेलमा लेबनानको सामना गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ। नेपाल र लेबनान दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्।

नेपाल यसअघि इरानसँग ४ – ० र ताजिकिस्तानसँग ६-० ले पराजित हुँदै छनोटबाटै बाहिरिसकेको छ । लेबनान पनि यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइसमेत हुनेछ ।

लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। लेबनान पनि नेपाललाई हराएर सुखद अन्त्य चाहन्छ। कुनै अंक जोड्न नसकेको नेपाल समूहको पुछारमा छ। लेबनान पनि अंक विहीन रहेको छ। लेबनान तेस्रो स्थानमा रहेको छ।

नेपाली टोलीः

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0