आईसिसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा नेपालका कुशल भुर्तेल

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी कुशल भुर्तेल आईसिसीले अप्रिलको लागि सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् ।

गत महिना काठमाडौंमा सम्पन्न त्रिकोणात्मक शिरिजमा गरेको शानदार प्रदर्शनको कारण कुशल उक्त मनोनयनमा परेका हुन् । आईसिसीले आज सार्वजनिक गरेको मनोनयनमा कुशलसँगै पाकिस्तानका कप्तान बावर आजम र फखर जमान पनि रहेका छन् ।

बावर र फखरले अघिल्लो महिना दक्षिण अफ्रिकाबिरुद्ध वनडे र टि-२० शिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । अब समर्थकको भोटबाट ‘प्लेयर अफ द मन्थ’ अप्रिलको घोषणा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged