न्युजिल्याण्डबिरुद्धको महत्वपुर्ण खेलमा भारतको ब्याटिङ फ्लप, दियो मात्र १११ रनको झिनो लक्ष्य

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत भारतले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले सात विकेट गुमाएर ११० रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डेयले सर्बाधिक २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४ रन बनाएका थिए । त्यस्तै ऋषव पन्तले १२ रन बनाएका थिए भने इशान किशनले ४, कप्तान विराट कोहलीले ९ रन बनाएर आउट भएका थिए । त्यस्तै रविन्द्र जडेजाले अविजित २६रन बनाएका थिए ।

न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने इश सोढ़ीले २ विकेट लिएका थिए । त्यस्तै टिम साउथी र एडम मिल्नेले एक एक विकेट लिएका थिए ।

भारतले आज सुर्यकुमार यादवको स्थानमा इशान किशन र भुवनेश्वर कुमारको स्थानमा शार्दुल ठाकुरलाई टोलीमा समावेश गरेको थियो । न्युजिल्याण्डले टिम सेइफर्टको स्थानमा एडम मिल्नेलाई समावेश गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0