कमजोर ब्याटिङले भारतलाई चुर्लुम्म डुबायो, न्युजिल्याण्डसँग शर्मनाक हार

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । युएईमा जारी टि-२० बिश्वकपमा भारतले अर्को शर्मनाक हार भोगेको छ । भारतलाई न्युजिल्याण्डले ८ विकेटले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

न्युजील्याण्डको लागि डार्यल मिचेलले सर्बाधिक ४९ रन बनाए भने मार्टिन गप्टिलले २० रन बनाएका थिए । त्यस्तै कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाएका थिए । भारतका बलर जसप्रित बुमराहले २ विकेट लिएका थिए ।

यसअघि न्युजिल्याण्डको घातक बलिङसामु भारत निरिह देखिएको थियो । भारतका ब्याट्सम्यानहरुले खुलेर खेल्नै सकेनन् । भारतका लागि हार्दिक पाण्डेयले सर्बाधिक २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४ रन बनाएका थिए । त्यस्तै ऋषव पन्तले १२ रन बनाएका थिए भने इशान किशनले ४, कप्तान विराट कोहलीले ९ रन बनाएर आउट भएका थिए ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ तथा इस सोधीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्ड अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने भारत पुछारबाट दोस्रो स्थानमा रहेको छ । न्युजिल्याण्डसँग पराजित भएसँग अब भारतको बिश्वकप यात्रा लगभग समाप्त भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0