मेस्सी पुन: बार्सिलोना फर्किने

फुटबल

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर लियोनल मेसीले बार्सिलोना फर्किने चाहना व्यक्त गरेका छन् । केही महिना अघि मात्रै बार्सिलोना छाडेर पीएसजी गएका उनले प्राविधिक सचिवको रुपमा पुन: फर्किने इच्छा जाहेर गरेका हुन् ।

६ पटकको बालोन डी‘अर अवार्ड विजेता मेसीले बार्सिलोना फर्किनेबारे भने, ‘‘हो, मैले सधैँ भन्ने गरेको छु कि म बार्सिलोनामा फर्किएर जुनसुकै भूमिकामा क्लबलाई सहयोग गर्न चाहन्छु ।’’ ‘बार्सिलोनालाई म मायाँ गर्छु। उनीहरुलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहन्छु।’

यसअघि स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा दुई दशक बिताएका मेसी जारी सिजनको सुरुआतमा पिएसजी भित्रिएका थिए । दुई दशक बार्सिलोनामा बिताउँदा मेसीले १० ला लिगा र चार च्याम्पियन्स लिगसहित ३५ उपाधि जितेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
1