बटलरको शतकमा इङ्ल्याण्ड बिश्वकपको सेमिफाईनलमा

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : जोस बट्लरले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेको खेलमा लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति सम्पन्न खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै समेटियो । श्रीलंकाका लागि वानिन्दु हर्शरंगाले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै भानुका राजप्रकाशा र धनुशा शंकाले समान २६–२६ रनको योगदान गरे ।

इंग्ल्यान्डका आदिल राशिद, मोइन अली र क्रिस जोर्डनले समान २/२ तथा लियाम लिभिङस्टोन र क्रिस वोक्सले १/१ विकेट लिए। यसअघि टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले जोस बट्लरको अविजित १ सय १ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो ।

इंग्ल्याण्डका जोस बट्लरले अविजित १ सय १ रनको शतकीय पारी खेले । बट्लर अहिले चलिरहेको विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाउँदा जासन रोयले ९, डाविड मालनले ६ तथा मोइन अलीले अविजित १ रन बनाए। श्रीलंका वानिन्दु हसरंगाले ३ र दुस्मन्था चामिराले १ विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0