खराब लयमा रहेको बार्सिलोनालाई लाग्यो अर्को झड्का

फुटबल

एजेन्सी : सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् । बार्सिलोनाले यसको पुष्टि गर्दै क्लबका फरवार्डले तीन महिना फुटबल नखेल्ने बताएको छ । शनिबार आल्भेसविरुद्धको खेलमा उनको छातीमा समस्या देखिएको थियो ।

म्यानचेस्टर सिटीका पूर्व फरवार्डको मुटु सहित विभिन्न परिक्षण गरिएको थियो । उनलाई उपचारका लागि राखिएको छ । र उनको स्वास्थ्यमा नजर राखिने बताईएको छ । ‘अबको तीन महिना उनलाई निको हुन उपचारको प्रभावकारी मुल्याङ्कन गरिनेछ,’ बार्सिलोनाले भनेको छ ।

अस्पताल लैजानु अघि अग्युरोको मैदानमै केही मिनेट उपचार गरिएको थियो । प्रि–सिजनमा चोट बोकेका अग्युरोले बार्सिलोनाबाट दोस्रो खेल मात्र खेलेका थिए । उनी स्पेनिस क्लबमा दुई वर्षको सम्झौता सहित आएका थिए ।

उनले करिब १० वर्ष सिटीमा बिताएका थिए । उनी सिटीका सर्वकालिन गोलकर्ता हुन् । अग्युरोले ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।

लियोनल मेस्सीसँग खेल्ने इच्छाले अग्युरो बार्सिलोना आएपनि उनको सपना पुरा हुन सकेन । उनी आएकै सिजन मेस्सीले बार्सिलोना छाड्न पर्यो । खेलाडीमा चोटको समस्या झेलिरहेको बार्सिलानालाई अग्युरोको अनुपस्थितीले थप तनाव थपेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0