कमजोर नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

क्रिकेट टि-२० बिश्वकप

युएई : तुलनात्मक रूपमा कमजोर टोली नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो सँगै पाकिस्तान ९ वर्ष पछि कुनै पनि फर्म्याटको विश्वकपको अन्तिम चारमा पहिलो पटक पुगेको हो।

शेख जायद क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो । नामिबियाको लागि डेभिड विजेले अविजित सर्वाधिक ४३ रन, क्रेग विलियम्सले ४० रन, स्टेफेन बार्डले २९ रन बनाए भने कप्तान गेहार्डले १५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। कप्तान आजम ७० र रिजवान ७९ रनमा अविजित रहे ।

मोहम्मद हफिजले आक्रमक ब्याटिङ गर्दै १६ बलमा ५ चौकासहित अविजित ३२ रन जोडे। जितसँगै पाकिस्तानले चार खेलमा आठ अङ्क बनाएको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो ।

जितसँगै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’मा रहेको पाकिस्तानले ४ खेलमा ८ अङ्क जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ । यता नामिबियाले ३ खेलबाट २ अंक जोडेको छ । नामिबियाको सेमिफाइनल सम्भावना अझै बाँकी छ । यसै समूहमा रहेको अफगानिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0