भारत भर्सेज अफगानिस्तान ! भारतलाई हराउँने सुनौलो मौका अफगानिस्तानलाई

क्रिकेट टि-२० बिश्वकप

एजेन्सी । आईसीसी टी २० विश्वकप अन्तर्गत आज भारत र अफगानिस्तान भिड्दै छन् । ओमान र यूएईमा जारी टी–२० विश्वकपको सुपर १२ को खेलमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे यूएईका आबुधाबीमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। सुपर १२ को ग्रुप २ मा रहेका दुवै टोलीको लागि आजको खेल निकै महत्वपूर्ण छ।

लगातार दोस्रो हार व्यहोरेको भारत प्रतियोगितामा टिकिरहनका लागि अफगानिस्तानमाथि ठूलो अन्तरको जीत निकाल्नु पर्ने दबाब रहेको छ । यो समुह (समुह बी) बाट सेमिफाइनलमा पाकिस्तान पुगिसकेकाले अब एक टिमको टुंगो लाग्ने छ ।

भारतको सम्भावित-११ : रोहित शर्मा, इशान किशन, विराट कोहली (कप्तान), केएल राहुल, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, वरुण चक्रवर्ती र जसप्रित बुमराह ।

अफगानिस्तान सम्भावित-११ : हजरतुल्लाह जाजाईं, मोहम्मद शहजाद (विकेटकीपर), रहमानउल्लाह गुर्बाज, हशमातुल्लाह शाहिदी/उस्मान घानी, मोहम्मद नाबी (कप्तान), नजिबुल्लाह जद्रान, गुलबादिन नाइब, राशिद खान, करिम जनात/मुजीब उर रहमान, नवीन-उल-हक र हमीद हसन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0