‘बालोन डी’ओर जित्न मेसि बाहेक अरुले नचिताए पनि हुन्छ’

फुटबल

एजेन्सी : बालोन डी’ओर विजेता घोषणा गर्ने मिति नजिकिएसँगै फुटबल जगत तातेको छ। यसबारे नयाँनयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन्। यस वर्षको बालोन डी’ओरको मुख्य दाबेदारका रुपमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा, राबर्ट लेवान्डोस्की र जर्जिन्हो रहेका छन्। वर्षभरिको उत्कृष्ट खेलाडीलाई दिइने यो अवार्ड फुटबलको व्यक्तिगततर्फको सबैभन्दा बढी सम्मानित अवार्ड हो।

एथ्लेटिको मड्रिडका स्ट्राइकर तथा बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेजले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। सुआरेज आफ्ना पूर्व सहकर्मी लियोनल मेसीको पक्षमा उभिएका छन्।

मेसीको प्रशंसा गर्दै सुआरेजले एक वर्षमा कति गोल गरेको छ भन्ने हिसाबले मात्र नभएर कस्तो खेल खेलेको छ भनेर अवार्ड दिनुपर्ने विचार व्यक्त गरेका छन्। ‘

बालोन डी’ओरका लागि एक वर्षमा कसले के गरे भनेर मात्र हेर्नु हुँदैन तर समग्रमा खेलाडीका रुपमा को कस्तो छ भनरे पनि विचार गर्नुपर्छ। मलाई लाग्छ यसमा मेसीको कोही प्रतिस्पर्धी नै छैन,’ उनले भनेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0