भारतले गर्‍यो अफगानिस्तानको धुलाई, दियो २११ रनको बिशाल लक्ष्य

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : रोहित शर्मा र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा भारतले अफगानिस्तानलाई २११ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको हो।

भारतका लागि रोहित शर्माले सर्बाधिक ७४ रन बनाएका थिए । रोहितले ४७ बलमा ३ छक्का र ८ चौका प्रहार गर्दै ७४ रन बनाएका थिए । त्यस्तै के एल राहुलले ४८ बलमा ६९ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयाले अविजित १३ बलमा ३५ रन बनाएका थिए भने ऋषव पन्तले १३ बलमा २७ रन बनाएका थिए ।

अफगानिस्तानका लागि बलिङतर्फ गुल्बदीन नावीले र करिम जन्नतले समान एक–एक विकेट लिए । भारतले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ। न्युजिल्यान्डको खेल खेलेका ईशान किशन र स्पिनर बरुण चक्रवर्ती बेन्चमा छन्। उनीहरुको स्थानमा अनुभवी स्पिनर रविचन्द्रन आश्विन र सूर्यकुमार यादवले टोलीमा स्थान बनाएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0