मेसी बिना लाइप्जिगसँग बराबरीमा रोकियो पीएसजी

फुटबल

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पीएसजी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा पिएसजी लेइपजिंगसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा घरेलु टोली लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले १–१ गोल गरे। पीएसजीका लागि जर्जिन्हो वाइनाल्डमले २ गोल गरे।

यस खेलमा पिएसजीले लियोनेल मेसीलाई खेलाएको थिएन । मेसी इन्जुरीका कारण यस कहल्मा बाहिर रहेका थिए । लाइप्जिगसँगको बराबरीपछि ४ खेलबाट ८ अंक जोडेर पीएएजी अंक तालिकामा समूह ‘ए’को दोस्रो स्थानमा झरेको छ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ अंक छ। पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ। यस्तै, क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0