द्रविड बने भारतीय टिमको नयाँ प्रशिक्षक

क्रिकेट

काठमाडौ। भारतीय क्रिकेट टिमका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । जारी टी २० विश्वकप सकिएपछि रवी शास्त्रीको भारतीय क्रिकेट बोर्डसँगको सम्झौंता सकिएलगत्तै उनको स्थानमा द्रविडले लिने भएका हुन् ।

भारतीय क्रिकेट बोर्डको सल्लाहकार समितिले द्रविडलाई प्रशिक्षक बनाउने निधो गरेको थियो, जसलाई बीसीसीआईले पनि स्वीकृत गरेको हो ।

द्रविड यसअघि नेशनल क्रिकेट एकेडेमीको प्रमुखका रुपमा काम गरेका थिए भने त्यसपछि यू १९ टिम र श्रीलंका भ्रमणका बेला भारतीय टिमको प्रशिक्षक बनेका थिए ।

हाल भारतीय क्रिकेट बोर्डको प्रमुख सौरभ गांगुली छन् । गांगुली र द्रविड मिल्ने साथि मानिन्छन् । द्रविडले आफ्नो पहिलो सिरिज न्युजिल्याण्डविरुद्ध खेलाउने छन् । यो सिरिज नोभेम्बर १७ बाट शुरु हुनेछ । जसमा तीन टी २० र दुई टेष्ट रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0