अष्ट्रेलियाको कमाल, ३८ बलमै खेल जित्यो

क्रिकेट टि-२० बिश्वकप

काठमाडौ । युएईमा जारी आइसिसी टी(२० विश्वकपमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ । आजको जितसँगै अस्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

बंगलादेशले दिएको ७४ रनको कमजोर लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा पूरा गरेको हो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले आक्रामक पारी खेले । उनले २० बलमा ४ छक्का र २ चौकासहित ४० रन बनाए । त्यस्तै, डेविड वार्नरले १८ र मिचेल मार्शले अविजित १६ रनको योगदान दिए ।

बलिङतर्फ तस्किन अहमद र शाेरिफुल इस्लामले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएका बंगलादेश १५ ओभरमै अलआउटभयो । बंगलादेशका लागि समिम हुसेनले १९, ओपनर मोहमद नइमले १७, महमुदुल्लाहले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बलिङमा स्पिनर एडम जम्पाले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै, जोस हेजलउड, मिचेल स्टार्कले २/२ र ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

याे जितसँगै अस्ट्रेलिया अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । अब अस्ट्रेलियाकाे चार खेलमा ६ अङ्क भएकाे छ । याेसँगै उसकाे सेमिफाइनलकाे सम्भावना कायमै छ । बङ्गलादेश भने यसअघि नै बाहिरिइसकेकाे छ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0