रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा

फुटबल

एजेन्सी । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले समग्रमा ३–१ को जित दर्ता गर्न सफल रहयो । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ । उसले सन् २००८ मा म्यान्चेष्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो ।

त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो । फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि चेल्सी सम्हाल्न आइपुगेका थोमस टुचेल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुगेका हुन् ।

टुचेलले पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाइनलमा टिमको नेतृत्व गरेका थिए । चेल्सीले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाईनल समेत खेल्दैछ ।

चेल्सीले लिगको उपाधिका लागि म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1